सन्दिपले एक विकेट लिएपनि टिम भने पराजित

क्यारेबियन प्रिमियर लिगमा सन्दिप लामिछानेको टिम बार्बाडोसले गुएनालाई डकवर्थको नियमका आधारमा १२ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोस १९ ओभर दुई बलमा एक सय ३८ रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न गर्न नसकेको उसले ६४ रनमा चार विकेट गुमाएको थियो ।

बार्बाडोसका लागि जेपी डुमिनीले ३८ तथा एन्र्डु हलेसले २४ रन बनाए । बाँकि खेलाडी सस्तैमा आउट भए । ब्याटिङमा पुछारमा आएका नेपाली खेलाडी सन्दिपले एक बलको सामना गर्दा खाता खोल्न सकेनन् । बलिङमा गुएनाका क्रिस ग्रिनले चार विकेट लिए ।

जवाफमा गुएनाको पारीमा बर्षा भएपछि डक वर्थको नियमका आधारमा उसले ११ ओभरमा ७७ रनको लक्ष्य पाएको थियो । जसमा उसले २ विकेट गुमाएर ८१ रन बनाएका थियो । डीएलका आधारमा गुएना १२ रनले विजयी भयो । उसका लागि ब्रान्डन किङले ५१ रन बनाए भने चन्द्रपउल हेमराजले २० रन बनाए ।

गुयना विरुद्धको खेलमा सन्दिप लामिछानेले ३ ओभरमा २१ रन खर्चिएर एक विकेट लिएका छन । लगातार पाँचौ खेलमा टिममा परेका सन्दिपले पहिलो ओभरमा कसिलो बलिङ गर्न सफल भए ।

उनले सो ओभरमा एक छक्का खान पुगे । पहिलो बल डट फालेको सन्दिपले दोस्रो बलमा एक रन दिएका थिए । त्यसपछि तेस्रो बलमा हेमराजले छक्का प्रहार गर्दा त्यसपछिका लगातार दुई बल डट फाले । अन्तिम बलमा उनले एक रन खर्चिए ।

ब्यक्तिगत दोस्रो तथा टिमका लागि आठौं ओभरमा उनले मात्र ४ रन दिएर विकेट लिए । सन्दिपले पहिलो बलमा नै विकेट लिन सफल भए । उनले यो खेलमा पहिलो ओभरमा नै छक्का खाएका हेमराजलाई पेभेलियनको बाटो देखाए । उनले हेमराजलाई २० रनमा आउट गरे ।

त्यसपछि दोस्रो र तेस्रो बलमा एक एक रन दिएका सन्दिपले चौथो बल डट फाले । ओभरको पाँचौ बलमा उनले एक रन खर्चिन पुगे । त्यसपछि अन्तिम बलमा पनि एक रन दिएका उनले आफ्नो दोस्रो ओभरमा किफायती बलिङ गर्दे मात्र चार रन दिएर विकेट लिए ।

त्यसपछि ब्यक्तिगत तेस्रो तथा टिमको १० औं ओभरमा सन्दिप केहि महंगो बने उनले सो ओभरमा दुई चौका खान पुगे । सो ओभरमा सन्दिपले नौ रन दिए । ओभरको पहिलो बल डट फालेका सन्दिपले दोस्रो बलमा एक रन दिएका थिए । त्यसपछिका लगातार दुई बल डट फालेका उनले अन्तिम दुई बलमा चौका खान पुगे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest