पोखरा प्रिमियर लिगकाे दोस्रो संस्करण कात्तिककाे २४ गतेबाट

पोखरा प्रिमियर लिगकाे दोस्रो संस्करण कात्तिककाे २४ गतेबाट सुरु हुने भएकाे छ ।

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता कात्तिक २४ गतेबाट मंसिर ७ गतेसम्म हुने जनाएकाे छ ।

पोखरा क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्ने छन् । पीपीएलमा विराटनगर टाईटन्स, चितवन राईनाेज, पाेखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

गत संस्करणको विजेताले २७ लाख प्राप्त गरेको थियो । 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest