ट्राई सिरिजका लागि नेपाली क्रिकेट टिम सिंगापुर जाँदै

सिंगापुर र जिम्मेबाबे सम्मिलत ट्राई सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज सिंगापुर प्रस्थान गर्दैछ ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगिताका लागि नेपाल बुधबार राति सवा १५ बजे सिल्क एयरको विमानबाट सिंगापुर प्रस्थान गर्नेछ ।
नेपालले दुई साताको बीचमा दुई प्रतियोगिता खेल्ने क्रममा युवा खेलाडीहरुले अधिक अवसर पाएका छन् ।

नियमित उपकप्तान ज्ञानेन्द्र मल्लसहित शरद भेषावकर र बसन्त रेग्मीलाई आराम दिइएको छ भने इसान पान्डे, कुशल मल्लजस्ता युवा र कम अनुभवी खेलाडीले टिममा स्थान पाएका छन् ।

कप्तान पारसबाहेक सबै खेलाडी पछिल्लो पुस्ताका छन् । नेपाली टोलीको औषत उमेर नै २४ वर्ष छ । यू१९ टिमका कप्तान भइसकेका दीपेन्द्र सिंह ऐरीले टोलीको उपकप्तानीको जिम्मेबारी पाएका छन् ।

करिव १ साता सिंगापुरमा नेपालले सिंगापुर र जिम्वावेसँग दुई दुई अन्तर्राष्ट्रिय ट्वान्टी-२० म्याच खेल्नेछ ।

नेपालले असोज १० गते पहिलो खेल जिम्वावेसँग खेल्नेछ । असोज १२ गते घरेलु टोली सिंगापुर, असोज १४ गते पुनः जिम्वावे र असोज १५ गते सिंगापुरसँगै खेल्नेछ ।

त्यसपछि नेपाली टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिताका लागि ओमान प्रस्थान गर्नेछ । ओमानमा नेपालले घरेलु टोलीसहित हङकङ, नेदरल्याण्ड्स, आयरल्याण्डसँग खेल्नेछ ।

नेपाली टिम

पारस खड्का (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, विनोद भण्डारी, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनारायण राजवंशी, पवन सर्राफ, अभिनास बोहरा, कुशल मल्ल, आरिफ शेख, रोहितकुमार पौडेल, सुसन भारी, इशान पाण्डे।

सिंगापुरमा नेपालको खेल तालिका

असोज १० गते नेपाल भर्सेस जिम्बावे
असोज ११ नेपाल भर्सेस सिंगापुर
असोज १४ गते नेपाल भर्सेस जिम्बावे
असोज १५ गते नेपाल भर्सेस सिंगापुर

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest