नेपालले भाेली जिम्बावेसँग खेल्दै

नेपाल सम्मिलत त्रिकोणत्मक टि ट्वान्टी सिरिज भोली बाट सिंगापुरमा सुरु हुदैछ । नेपालले आफ्नो पहिलो खेलमा भोली जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ ।

इन्डियन क्रिकेट एसोसिएसन मैदानमा हुने खेल नेपाली समय अनुसार सांझ सवा पांच बजे सुरु हुनेछ । टि ट्वान्टी फरम्याटमा नेपालले पहिलो पटक जिम्बावे संग प्रतिस्पर्धा गर्दैछ । यसअघि एकदिवशीय विश्वकप छनौटमा नेपाल र जिम्बावे आमने सामने भएका थिए ।

जसमा नेपाल एक सय १६ रनले पराजित भएको थियो । नेपालका लागि यो सिरिज, गुमेको आत्मविश्वास फिर्ता ल्याउने अवसर हो । गत महिना सिंगापुरमै भएको टि ट्वान्टी विश्वकप एशीया छनौटमा नेपाल असफल भएको थियो ।

अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भएपछि ग्लोबल छनौटमा पुग्न सकेन् । सिंगापुरले ग्लोबल छनौटको तयारीका लागि त्रिकोणात्मक सिरिजको आयोजना हो । नेपालले सिंगापुरपछि ओमानमा चार राष्ट्र सहभागी टि ट्वान्टी सिरीजमा सहभागिता जनाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest