क्यानकाे निर्वाचन प्रक्रिया सुरू

करिव साढे तीन बर्षदेखि निलम्बनमा रहेको नेपाली क्रिकेटको निलम्बन फुकुवाको औपचारिक प्रक्रिया अगाडी बढेको छ । नेपाल क्रिकेट संघको निर्वाचनपनि निलम्बन फुकुवा प्रक्रिया सुरु हुने भएकाले आज क्यानको साधारणसभा भएको छ ।

क्यानमा नयाँ नेतृत्व को आउने भन्ने होडबाजी भइरहेका बेला पहिलो दिन साधारण सभाको उद्घाटन र बन्दसस्त्र सम्पन्न भएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरे । कार्यक्रममा मन्त्री विश्वकर्माले नेपाली क्रिकेटका आजको दिन निकै ढिला गरि आएको बताए ।

साथै उनले यो निर्वाचनपनि नेपाली क्रिकेटले नयाँ स्वरुप पाउने र विकाशमा थप जोड मिल्ने बताए । सोहि कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले नेपाली क्रिकेटका लागि आगामी दिन पनि निकै चुनौतीपुर्ण रहेको धारणा राखे । उनले यो चुनाव सकेसम्म सर्वसम्मतले गर्नपनि आग्रह गरे ।

क्यानको निर्वाचनका लागि आइसीसीबाट परिबक्षकका रुपमा आएका प्रतिनिधीले नेपाली क्रिकेटको विकाशमा अब सबैले मिलेर जानुपर्ने बताए ।

लामो समयको पर्खाई पछि नेपाली क्रिकेटले नयाँ निचोड निकाल्दैछ । यसपटक विधान संसोधन गरेर कार्यसमिती घटाइएको छ । जसमा १७ जनाको कार्यसमितीमा १३ जना सदस्य रहेका छन । अध्यक्षका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्द चुनावी मैदानमा छन । कुल ५९ जना मतदाता रहेको निर्वाचन भने भोली हुनेछ ।

यसपटकका एक जना महिला सदस्य निर्विरोध भएकाछन । भोली नै उम्मेदवारी दर्ता र निर्वाचन हुनेछ । भोली साँझसम्म क्यानको आगामी चार बर्षसम्मका लागि को नेतृत्वमा रहने भन्ने एकिन हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest