नेपालले जिम्बावेलाई एक सय ३३ रनको लक्ष्य

सिंगापुरमा आजबाट सुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरीजमा नेपालले जिम्बावेलाई एक सय ३३ रनको लक्ष्य दिएको छ ।
सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर एक सय ३२ रन बनायो ।

आजको खेलमा कुशल मल्ल र इशान पाण्डेले डेब्यु गरेका छन ।

तर नेपालले सुरुवात राम्रो गर्न सकेन । नेपालको टिमबाट डेब्यु गरेका र ओपनिङको जिम्मेवारी पाएका इशान पाण्डे चार रनमा आउट भए । त्यसपछि दोस्रो विकेटका लागि आरिफ शेख र कप्तान पारस खड्काले २७ रनको साझेदारी गरेका थिए ।

तर आरिफ मात्र आठ रनमा आउट भए । त्यसको लगत्तै कप्तान पारस खड्कापनि १८ रनमा पेभेलियन फर्किएपछि नेपालले ३८ रनमा तेस्रो विकेट खेर फाल्यो ।

त्यसपछि आजको खेलमा सिनियर टिममा डेब्यु गरेका कुशल मल्ल मात्र दुई रनमा ओट हुँदा नेपालले ५५ रनमा चार विकेट गुमायो ।
त्यसपछि दिपेन्द्रसिंह ऐरी र सन्दिप जोराले पाँचौ विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । तर जोरा १७ रनमा आउट भएपछि नेपालले ८९ रनमा पाँचौ विकेट गुमायो ।

त्यसपछि ब्यक्तिगत ४० रनमा उपकप्तान दिपेन्द्र ऐरी क्याच आउट भएपछि नोपलले ९६ रनमा छैटौं विकेट खेर फाल्यो । उनले ३८ रनमा पनि जीवनदान पाएका थिए ।

त्यसपछि नपालका लागि सोमपाल कामीले २६ रन र विनोद भण्डारीले ११ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest