नेपाल जिम्बावेसंग पांच विकेटले पराजित

सिंगापुरमा आजबाट सुरु भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरीजको आफ्नो पहिलो खेलमा नेपालले जिम्बावेसंग पांच विकेटले पराजित भएको छ ।

इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । नेपालले टिमको स्कोर पांच रन हुदा पहिलो विकेट गुमाएको थियो । पारस खड्का संग ओपनिङ गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका इसान पान्डे चार रनमा आउट भए ।

आरिफ शेख आठ र पारस १८ रनमा आउट भएपछि नेपाल केही दवावमा आएको थियो । कुशल मल्ल मात्र दुइ रनमा मैदान बाहिरिए । उनको पनि राष्ट्रिय टिममा यो डेब्यु खेल हो । तर दिपेन्द्रसिंह ऐरी र सन्दिप जोराले पाँचौ विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारीलाइ अघि बढाए । जोरा १७ र दिपेन्द्र ब्यक्तिगत ४० र रनमा पवेलियन फर्किए । सोमपाल कामीले १४ वलमा २५ रन बनाएपछि नेपालले मध्यम स्कोर बनाएको थियो । विनोद भन्डारी एघार रनमा अविजीत रहे।

जवाफमा जिम्बावेले १८ ओभर एक वलमा पांच विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उत्कृष्ट सुरुवात गरेको जिम्बावेका सुरुवाती तीन विकेट लिदै संदिप लामिछानेले नेपाललाइ खेलमा फर्काएका थिए । रेगिस चाकाभा, टिनोटेन्डा मुटोमबोड्ज्जी र सेन विलियम्सले खाता खोल्न सकेनन् । १९ रन बनाएका ओपनर ब्रायन चारीलाइ दिपेन्द्रले रन आउट गरे ।

टिमचेन मारुमालाइ १२ रनमा पारसले आउट गरेपछि जिम्बाब्वे ६५ रन पांच विकेटको अवस्थामा पुगेको थियो । तर छैटौ विकेटका लागि रायन बर्रल र रिचमन्ड मुटुमबामीले ६९ रनको साझेदारी गरेपछि जिम्बावेले जीत हात पार्यो । रायन ४१ र रिचमन्ड ४० रनमा अविजीत रहे । नेपालले भोली सिंगापुर संग खेल्नेछ । यो खेल पनि सांझ सवा पांच बजेनै सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest