दक्षिण अफ्रिकाका लस क्लूजनर अफगानिस्तानको प्रमुख प्रशिक्षक

आईसीसी विश्वकप २०१९ मा खराब प्रदर्शन गरेपछि अफगानिस्तान क्रिकेट बोर्डमा लगातार उथल पुथल जारी छ ।

वेस्टइण्डिजका पूर्व खेलाडी सिमन्सले प्रशिक्षकको रुपमा कार्यकाल पुरा गरेपछि अफगानिस्तान क्रिकेट बोर्डले नयाँ शिराबाट प्रमुख प्रशिक्षकको आवेदन खुला गरेको थियो । जसमा ५० जनाले आवेदन लिएका थिए । त्यसमा दक्षिण अफ्रिकाका लस क्लूजनरलाई अफगानिस्तान टिमको प्रमुख प्रशिक्षक बनाइएको छ ।

अफगानिस्तान क्रिकेट बोर्डका सीईओ लुतफुल्लाह स्टेनिकजईले क्लूजनरलाई नियुक्त गरेको बताउँदै उनी टिमका प्रमुख प्रशिक्षक हुने घोषणा गरे । क्लूजनरले नोभेम्बरमा अफगानिस्तानले वेस्टइण्डिज भ्रमण गर्दा जिम्मेवारी सम्हाल्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest