नेपालले सिंगापुरबाट एक सय ५२ रनको लक्ष्य पायाे

त्रिकोणात्मक टी–२० सिरीज अन्तर्गत नेपालले सिंगापुरबाट एक सय ५२ रनको लक्ष्य पाएको छ ।

सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनायो । नेपाल विरुद्ध सुरुवात राम्रो गर्न नसकेपनि उसका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गरे । २२ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले ५७ रनमा दोस्रो तथा एक सय दुई रनमा तेस्रो विकेट खेर फाल्यो ।

उसका ओपनर रोहन रंगराजन छ रनमा आउट भए भने मनप्रित सिंह १५ रनमा पेभेलियन फर्किए । दुबै खेलाडीलाई करण केसीले आउट गरेका थिए । यस्तै सुरेन्द्रन चन्द्रमोहनलाई सुसान भारीले ३५ रनमा आउट पारे ।

सिंगापुरका लागि कप्तान टिम डेविडले अर्धसतकिय पारी खेले । उनले ४४ बलमा ६४ रन बनाए ।

यस्तै जनक प्रकाशले २५ रनको योगदान गरे । बलिङमा करणले दुई तथा आजको खेलमा सिनियर टिममा डेब्यु गरेका सुसान भारीले एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest