कप्तान पारस खड्काको कीर्तिमानी सतकमा नेपालले त्रिकोणात्मक सिरीज अन्तर्गत सिंगापुर विरुद्ध नौ विकेटको जित निकालेको छ । पारस टी–२० क्रिकेटमा सतक बनाउने पहिलो नेपाली खेलाडी बने ।
सिंगापुरको इन्डियन एसोसियसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५१ रन बनायो । नेपाल विरुद्ध सुरुवात राम्रो गर्न नसकेपनि उसका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गरे । २२ रनमा पहिलो विकेट गुमाएको सिंगापुरले ५७ रनमा दोस्रो तथा एक सय दुई रनमा तेस्रो विकेट खेर फाल्यो ।
उसका ओपनर रोहन रंगराजन छ रनमा आउट भए भने मनप्रित सिंह १५ रनमा पेभेलियन फर्किए । दुबै खेलाडीलाई करण केसीले आउट गरेका थिए । यस्तै सुरेन्द्रन चन्द्रमोहनलाई सुसान भारीले ३५ रनमा आउट पारे ।
सिंगापुरका लागि कप्तान टिम डेविडले अर्धसतकिय पारी खेले । उनले ४४ बलमा ६४ रन बनाए । यस्तै जनक प्रकाशले २५ रनको योगदान गरे । बलिङमा करणले दुई तथा आजको खेलमा सिनियर टिममा डेब्यु गरेका सुसान भारीले एक विकेट हात पारे ।
एक सय ५२ रनको लक्ष्य पक्ष्याएको नेपालले कप्तान पारसको सानदार सतकका कारण १६ ओभरमा एक विकेट गुमाउँदै जित निकाल्यो । नेपालले सुरुवात भने राम्रो गर्न सकेन । उसले नौ रनमा पहिलो विकेट गुमायो । ओपनर इशान पाण्डे मात्र पाँच रनमा आउट भए ।
दोस्रो विकेटका लागि कप्तान पारस र आरिफ शेख विच एक सय ४५ रनको साझेदारी भएपछि सहज जित हात पार्यो । जसमा पारसले अविजीत एक सय ६ रन बनाए । भने आरिफले ३९ रनको योगदान गरे । यो क्रममा पारसले ५२ बलमा सात चौका र नौ छक्का प्रहार गरे ।
यो कीर्तिमानी सतक सहित अंतरराष्ट्रीय टि २० क्रीकेट को सतक हान्ने सुची मा पारस खड्का ४९ औ खेलाडी भएका छन ।
Discussion about this post