श्रीलंकाविरुद्ध पाकिस्तानकाे तीन सय ६ रनको लक्ष्य

श्रीलंका विरुद्धको दोस्रो एकदिवसिय खेलमा पाकिस्तानले तीन सय ६ रनको लक्ष्य दिएको छ ।

पाकिस्तानको कराँचीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा सात विकेट गुमाउँदै तीन सय पाँच रन बनायो । उसका लागि बाबर अजामले सतकीय पारी खेले । बलियो सुरुवात गरेको पाकिस्तानले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेको थियो ।

उसका इमाम उल हक ३१ रनमा आउट हुन पुगे । त्यसपछि फकर अजामपनि ५४ रनमा पेभेलियन फर्किदा पाकिस्तानको स्कोर एक सय चार रन थियो । तेस्रो विकेटका लागि अजाम र हरिश सोहेलले सतकीय साझेदारी गरे । जसमा सोहेलले ४० रनको योगदान गरे । त्यसपछि क्रिजमा आएका कप्तान सरफराज अहमद मात्र आठ रनमा आउट भए ।

पाकिस्तानको पारीलाई मजबुत बनाएका अजामले एक सय पाँच बलमा एक सय १५ रन बनाए । उनले यो क्रममा आठ चौका र चार छक्का प्रहार गरे । यस्तै इफ्टिकार अहमदले ३२ तथा इमाद वासिमले १२ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest