क्यानको निर्वाचनमा आइसीसीको यस्तो भनाई

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले नेपाल क्रिकेट संघ क्यानको विशेष चुनावी साधारणसभालाई स्वागत गरेको छ । आईसीसीको रोडम्याप अनुसार भएको केन्द्रीय निर्वाचनबाट अहिले नयाँ नेतृत्व चयन भएको छ ।

क्यानको नयाँ कार्यसमितिमा चतुरबहादुर चन्द नेतृत्वको प्यानल विजयी भएको थियो । ४ वर्ष अघि भएको निर्वाचनमा पनि चन्द निर्वाचित भएका थिए । तर राष्ट्रिय खेलकुद परिषद् राखेपले क्यानको निर्वाचनलाई मान्यता नदिएर तदर्थ समिति गठन गरेपछि राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो ।

आईसीसीले आज विज्ञप्ति जारी गर्दै हालै भएको निर्वाचनको स्वागत गरेको हो ।  युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेको चुनावी साधारण सभा सफलतापूर्वक सम्पन्न भएकोमा आईसीसीले खुसी पनि व्यक्ति गरेको छ । आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले सबैको साथ र सहयोगले नेपाली क्रिकेट एकजुट भएको उल्लेख गरेका छन् ।

उनले यो ऐतिहासिक क्षणका लागि नेपाल सरकार, क्यान, राखेप सबैलाई धन्यवाद दिँदै पछिल्लो तीन वर्षमा नेपाली क्रिकेट टिमले ठूलो उपलब्धि हासिल गरेको पनि चर्चा गरेका छन् । उनले नेपाली क्रिकेट टिमले एक दिवसीय मान्यता पाएको, महिला क्रिकेट टिमले पनि आईसीसी क्वालिफायरमा पनि उत्कृष्ट प्रदर्शन गरेको कुरा उल्लेख गरेका छन् ।

नव निर्वाचित केन्द्रीय कार्यसमितिले आगामी दिनमा राम्रो काम गर्ने आसा गर्दै उपाध्यक्ष ख्वाजले यसैमहिना दुबईमा हुने आईसीसी बोर्ड बैठकले नेपाली क्रिकेटको विषयमा विचार गर्ने बताएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest