जिम्बावे विरूद्द नेपाल टस जितेर बलिङमा

जिम्बावेविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

टस जितेर नेपालले बलिङ रोजेको छ । नेपाली टिममा आज एक जना खेलाडी परिवर्तन गरिएको छ । यसअघि ओपनिङ आएका इशान पाण्डेको ठाउँमा पवन शर्राफलाई खेलाइएको छ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले जिम्बावेसँग ५ विकेटको हार ब्यहोरेको थियो । टी–२० मा जिम्बावे विरुद्ध ऐतिहासिक जितको नजिक पुगेर पनि नेपाली टिम चुक्न पुगेको थियो ।

जिम्बावेका मुख्य तीन खेलाडी टिममा नरहेका बेला नेपाललाई त्यो अवसर पनि रहेका छ । किनकी जिम्बावे आफ्नो दोस्रो खेलमा सिंगापुरसँग हार्न पुगेको थियो । नेपाल भन्दा अनुभवी टिम भएपनि पछिल्लो पटक जिम्बावे क्रिकेट खस्कदो अवस्थामा छ । आइसीसीको प्रतिबन्धमा उसको क्रिकेट बोर्ड रहेको छ ।

नेपालले सिंगापुलाई नौ विकेटले हराएको थियो भने सिंगापुरले जिम्बावेलाई चार विकेटले पाखा लगाएको थियो ।

दुबै खेलमा नेपाली टिमले खेलाडी परिवर्तन गरेको थियो । सिंगापुर विरुद्ध कीर्तिमान सतक प्रहार गरेका पारस खड्काको प्रदर्शन सधै झै आजपनि महत्वपुर्ण हुनेछ । यता जिम्बावे नेपाल विरुद्ध जितको यात्रालाई कायम राख्न चाहन्छ भने सिंगापुर विरुद्ध ब्यहोरेको अप्रत्यासित हारको बदला पनि लिने मनसायमा छ । यदि आज नेपालले जिम्बावेलाई हराएमा अर्को ऐतिहासिक जित हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest