बर्षाका कारण नेपाल र सिंगापुरकाे खेल रद्द

सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरीजमा नेपालले आज हुने भनिएको सिंगापुर र नेपालबीचको खेल बर्षका कारण रद्द भएको छ ।

नेपाली समय अनुसार ५ः१५ बजे खेल सुरु हुने भनिएपनि वर्षाका कारण खेलमा टस समेत हुन सकेन । खेल रद्द भएपछि दुबै टिमले एक एक अंक बाँढेका छन् ।

यो नतिजासँगै नेपालले चार खेलबाट तीन अंक जोडेको छ भने सिंगापुरले तीन खेलबाट तीन अंक बनाएको छ । जिम्बावेले तीन खेलबाट चार अंक जोडेको छ । अब भोली जिम्बावे र सिंगापुरबीच खेल हुनेछ ।

सिंगापुर क्रिकेट संघले आसन्न टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको यो प्रतियोगितामा नेपाल पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

तर दोस्रो खेलमा कप्तान पारस खड्काको कीर्तिमानी सतकको मद्दतले सिंगापुरलाई ९ विकेटले पाखा लगाएको थियो । तर तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित हुँदा उपाधिमा धक्का लागेको थियो । सिंगापुरले भने जिम्बावेलाई हराएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest