ओमानमा हुने टी-२० सिरीजमा डिआरएस लागु हुने

ओमानमा हुने पाँच देशसम्मेलित टि–२० सिरिजमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) पहिलाेपल्ट प्रयोग हुने भएको छ ।

यो सिरिजको प्रशारणकर्तालाई ओमान क्रिकेटले सबै टि–२० खेल प्रत्यक्ष प्रशारण गर्नका लागि निदेर्शन दिएको छ । यसमा डिआरएस सिस्टम पनि अवलम्बन गरिने भएको छ ।

सिरिजका सबै खेलहरु ओमान क्रिकेटको युट्यूब च्यानलमा प्रत्यक्ष प्रशारण हुनेछ ।

‘आशन्न सिरिजमा विषेश गरी रनआउट, स्टम्पिङ र नो बलमा अम्पायरको निर्णयलाई चुस्त बनाउनका लागि डिआरएस सिस्टम अवलम्बन गरिनेछ । तर, यो एलबीडब्यू र कट बिहाइन्डमा भने प्रयोग हुनेछैन,’ ओमान क्रिकेटका प्रमुख संचालन अधिकृत दुलिप मेन्डिसले भने ।

‘विकेटको दुईवटै दिशा र ब्याटिङ र बलिङ क्रिजमा गरी चार वटा क्यामरा राखिनेछ ।’

‘यसले एसोसियट क्रिकेटको स्तरमा महत्वपूर्ण भूमिका खेल्ने,’ उनले भने ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest