नेपाली क्रिकेट टिम आज ओमान प्रस्थान गर्ने

ओमानमा हुने पाँच देश सम्मिलि टी-२० क्रिकेट सिरीजका लागि नेपाली क्रिकेट टिम आज ओमान प्रस्थान गर्ने भएकाे छ ।

हाल सि‌गापुरमा रहेकाे नेपाली टिम उतैबाट ओमान जान लागेकाे हाे । नेपाली टिम सिंगापुरबाट दिउँसो ३ बजे ओमान प्रस्थान गर्ने छ ।

नेपालले सिगापुरमा भएकाे त्रिकाेणात्मक सिरीजमा चार खेलमा एक जित २ हार खेलेकाे थियाे भने एक खेल बर्षाकाे कारण रद्द भएकाे थियाे । अन्तिम खेलमा जित निकालेकाे भए नेपालकाे उपाधि जित्ने आशा जिवितै हुने थियाे ।

सिगापुरमा नेपालले पहिलाे खेलमा जिम्बावेसँग ५ विकेटकाे हार ब्यहाेरेकाे थियाे भने दाेस्राे खेलमा घरेलु टिममाथि ९ विकेटकाे सानदार जित निकालेकाे थियाे । यस्तै तेस्राे खेलमा नेपाल फेरी जिम्बावेसँग नै ४० रनले हारेकाे थियाे ।

अब नेपालले ओमानमा खेल्ने सिरिजमा नेपालसहित घरेलु टोली ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्डले खेल्ने छन् ।

नेपालले पहिलो खेलमा १० तारिखमा घरेलु टोली ओमानसँग खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest