स्टाेक बने बर्षकाे उत्कृष्ट खेलाडी

इंग्ल्याण्ड क्रिकेट टिमका अलराउण्डर बेन स्टोक ब्यवसायीक क्रिकेटर अफ दी इयरको अवार्ड जित्न सफल भएका छन ।

२८ बर्षे स्टोकले टिममा पुर्याएको योगदानका आधारमा उनले सर्वाधिक भोट पाएर यो अवार्ड जितेका हुन । स्टोकको महत्वपुर्ण योगदानका आधारमा इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । यस्तै एसेस सिरीजमा इंग्ल्याण्डका लागि एक सय ३५ रनको उत्कृष्ट पारी खेलेका थिए ।

सो अवार्ड जितेपछि उनले यस्तो प्रतिष्ठित अवार्ड जित्दा निकै खुसी लागेको र यसले थप उर्जा थपेको बताए ।

विश्वकपको फाइनलमा स्टोकले अविजीत ८४ रनको पारी खेलेका थिए । त्यसको ६ हप्तापनि एसेस टेष्टमा इंग्ल्याण्डलाई अन्तिममा ७३ रन चाहिएकोमा उनले सतकीय पारी खेल्दै अविजीत एक सय ३५ रन बनाएका थिए ।
महिला तर्फ स्पिन बलर सोफी इस्केल्सटोनले यो अवार्ड जितीन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest