डीपीएलको चौथो संस्करण फागुन पहिलो सातादेखि

देशकै सर्वाधिक राशीको धनगढी प्रिमियर लिग (डिपिएल) को चौथो संस्करण आगामी २०७६ साल फागुन ३ देखि फागुन १५ (फेब्रुअरी १५ देखि २७) सम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने भएको छ ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै उक्त मिति तय गरिएको आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले जानकारी गराएको हो ।

क्रिकेटलाई योजनाबद्ध र व्यवसायिक हिसाबले अगाडि बढाउनका लागि प्रयासरत डिपिएलको आयोजकले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा धनगढी प्रिमियर लिगको चौथो संस्करण आयोजना गर्ने निर्णय गरेको हो ।

DPL

ट्वान्टी-२० फर्म्याटमा हुने यस प्रतियोगितामा ६ वटा सहरका फ्रेन्चाइजी टिमको सहभागिता रहनेछ । प्रतियोगिताका लागि खेलाडीको छनोट अक्सनबाट हुनेछ ।

सबै टिमले तीनजनासम्म विदेशी खेलाडी खेलाउन पाउनेछन् । अक्सनमार्फत खेलाडी अनुबन्ध गरी आयोजना सुरू भएको यो नेपालकाे पहिलाे ट्वान्टी-२० क्रिकेट प्रतियोगिता हो ।

पहिलो संस्करण २०१७ मा टिम चौरहा धनगढी बिजेता भएको थियो भने २०१८ को दोस्रो संस्करणमा पुन टिम चौरहा धनगढी नै बिजेता भयो । गत संस्करणको उपाधि सिवाईसी अत्तरियाले जितेको थियो । प्रतियोगिताको विजेताले ३० लाख जित्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest