सन्दिप द हन्ड्रेडकाे ड्राफ्टमा, अहिलेसम्म कै उच्च मुल्य पाउने सम्भावना

इंग्ल्याण्ड र वेल्समा हुने द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामा नेपाली खेलाडी सन्दिप लामिछाने पनि ड्राफ्टमा परेका छन ।

नेपालबाट सो प्रतियोगिताको ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी सन्दिपको प्राइस एक लाख पाउण्ड अर्थात एक लाख २४ हजार अमेरीकी डलर तोकिएको छ ।

पछिल्लो पटक एकपछि अर्को रुपमा विदेशी फ्रेन्चाइजी लिगमा ब्यस्त सन्दिप यो प्रतियोगितामा अरु स्टार खेलाडी रहेको दोस्रो सूचीमा परेका छन । जुन सूचीमा रहेका खेलाडीले एक लाख पाउण्ड हात पार्नेछन ।

यो सूचीमा सन्दिपसँगै भारतीय खेलाडी हरभजन सिंह, आन्द्रे रसेल, ग्लेन म्याक्सवेल, रासिद खान, सकिव अल हसन, तमिम इक्बाल, साहिद अफ्रिदी, ड्वायन ब्राभो, सुनील नरायन, कायरन पोलार्ड रहेका छन ।

यस्तै पहिलो नम्वरको सूचीमा जुनमा रहेका खेलाडीले एक लाख २५ हजार पाउण्ड पाउनेछन, त्यसमा स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्विन्टन डी कक, लुंगी नेगिडी, कागियो राबाडा, लसिथ मालिंगा र क्रिस गेल छन ।

तेस्रो ड्राफ्टको तेस्रो सूचीमा रहेका खेलाडीमा डेल स्टेन, बाबर अजाम, मार्कुस स्टोनीस, मोहम्मद हफिज, निकोलस पुरन, मार्टिन गुप्टिल, फाहिम असरफ, साहिन अफ्रिदी रहेका छन । यो सूचीमा रहेका खेलाडीले ७५ हजार पाउण्ड पाउनेछन । चौथो लेभलको सूचीमा रहेका खेलाडीले ५० हजार पाउण्ड पाउनेछन भने पाँचौकामा रहेकाले ३० हजार पाउण्ड हात पार्नेछन ।

इंग्ल्याण्ड क्रिकेट बोर्डको आयोजनामा हुने प्रतियोगिताका लागि एक सय ६५ ओभरसिस खेलाडीले नाम दर्ता गराएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest