ओमानले हङकङलाई सात विकेटले हरायाे

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको पहिलो खेलमा घरेल टिम ओमानले हङकङलाई सात विकेटले हराएको छ ।

ओमान क्रिकेट संघको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा नौ विकेट गुमाउँदा ९६ रन बनायो । उसले ३० रन हुँदा ओपनर निजाकत खान ब्यक्तिगत १७ रनमा बोल्ड भए । उनलाई मोहम्मद नादिमले आउट गरे । त्यसपछि हङकङका दुई खेलाडी लगातार रुपमा रन आउट भए । कप्तान किन्चित शाह मात्र एक रनमा आउट भए भने साहिद वासिफ दुई रनमा पेभेलियन फर्किए । जसका कारण हङकङले ३५ रनमा तीन विकेट गुमायो । त्यसको लगत्तै इशान खानपनि रनआउटको नै सिकार हुन पुगे । ओपनर असन अब्बासीसँग तालमेल नमिल्दा उनी खाता खोल्न नपाउँदै रनआउट भए ।

त्यसपछि पनि हङकङको विकेट झर्ने क्रम यतिमा रोकिएन । हङकङको स्कोर ५७ रन हुँदा पाँचौ विकेट झर्यो भने ६३ रनमा छैटौ विकेट । उसका स्कट म्याक्केनी १५ रनमा पेभेलियन फर्किए । त्यसको लगत्तै असान अब्बासी १७ रनमा आउट भए । ओमानको अगाडी कमजोर देखिएको हङकङका आरुस भगवात मात्र तीन रनमा आउट हुँदा उसले सातौ विकेट गुमाएको थियो । तर बर्षाका कारण खेल विचमा केहिबेर रोकिएको थियो ।

फेरी सुरु भएको खेलपछि पनि हङकङको ब्याटिङ धेरै बेर टिक्न सकेन । उसको स्कोर ८७ न हुँदा इसान खान मात्र नौ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका केली क्रिस्टी मात्र एक रनमा आउट हुँदा हङकङले नबौ विकेट खेर फाल्यो ।

जवाफमा घरेलु दर्शकमाझ ओमानले ओभर पाँचमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । ओमानका जितमा कप्तान जिसान मक्सुद र खवार अलीको प्रदर्शन उत्कृष्ट रह्यो । तरपनि ओमानले सुरुवात भने राम्रो गर्न सकेन । मात्र १० रनमा पहिलो विकेट गुमाएको ओमानले २५ रनमा दुई विकेट खेर फालेको थियो । जतिन्देर सिंह पाँच रनमा आउट भए भने अकीब लियास १३ रनमा आउट भए । तर त्यसपछि खवर र जीसानले ७० रनको साझेदारी गर्दै टिमलाई जित दिलाए । जसमा खवरले ३२ रन बनाए भने जीसानले ३९ रनको योगदान गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest