पाकिस्तान विरुद्दकाे पहिलाे टी-२० खेलमा श्रीलंका विजयी

पाकिस्तानविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेट खेलमा श्रीलंकाले ६४ रनकाे जीत निकालेकाे छ ।

लाहोरमा भएकाे खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो । श्रीलंकाका लागि दनुस्का गुनाथिलकाले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।  यस्तै अभिस्का फर्नान्डोले ३३ तथा भानुका राजपाक्षले ३२ रन बनाए ।पाकिस्तानका मोहमद हसनेइनले ३ विकेट लिए ।

श्रीलंकाले दिएको १६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तान १७ ओभर ४ बलमा अलआउट हुँदै १०१ रनमा समेटियो । पाकिस्तानका लागि लिफ्टिखर अहमेदले २५ तथा कप्तान सर्फराज अहमेदले २४ रन बनाए । बाबर आजमले १३ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न श्रीलंकाका इशुरु उडाना र नुवान प्रदीपले ३र३ विकेट लिए । हसरंगा डी सिल्भाले २ विकेट लिए । जितसँगै श्रीलंकाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेल सोमबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest