ओमानले आयरल्याण्डलाई एक सय ७४ रनको लक्ष्य

ओमानमा जारी टी २० क्रिकेट सिरीजमा घरेलु टिमले टेष्ट मान्यता टिम आयरल्याण्डलाई एक सय ७४ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेस एसोसियसनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७३ रन बनायो ।

उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । सुरुवात राम्रो नगरेपनि ओमानका मध्यक्रमका खेलाडीले राम्रो साझेदारी गर्न सफल भए । खाता खोल्न नपाउँदै ओपनर अवर अली आउट भएपछि ओमानले शुन्य रनमा नै पहिलो विकेट गुमायो । दोस्रो विकेटका लागि जतिन्देर सिंह र अकीब लियासले पनि खासै राम्रो साझेदारी गर्न सकेनन् । अकीब २१ रनमा पेभेलियन फर्किए ।

त्यसकाे लगत्तै कप्तान जीसान मक्सुदपनि सात रनमा आउट भएपछि ओमानले ४४ रनमा तीन विकेट गुमायो । तर त्यसपछि जतिन्देर र आमिर कालिमले ८३ रनको साझेदारी गरेपछि ओमानको पारी सम्हालिएको थियो । तर जतिन्देर ४० रनमा आउट हुँदा ओमानले एक सय २७ रनमा चौथो विकेट खेर फाल्यो ।

त्यसको लगत्तै आमिर कालीम ब्यक्तिगत ४६ रनमा पेभेलियन फर्किए । जसका कारण ओमानले एक सय ४० रनमा पाँचौ विकेट खेर फाल्यो । लगत्तै खुराम नवाज खाता खोल्न नपाउँदै आउट भए । ओमानका पुछारका खेलाडी सस्तैमा आउट हुन पुगे । बलिङमा आयरल्याण्डका स्टुवार्ट थोमसनले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest