दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा भारत विजयी

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट भारतले २०३ रनले जितेको छ । विशाखापट्नममा ३९५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १९१ रनमा समेटिन पुग्यो ।

भारतले पहिलो पारिमा ५०२ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले पहिलो पारिमा ४३१ रन बनाएको थियो । ७१ रनको अग्रता बनाएको भारतले दोस्रो पारिमा ३२३ रन बनाएपछि दक्षिण अफ्रिकाले ३९५ रनको लक्ष्य पाएको थियो । चौथो दिनको खेल सकिँदा ११ रनमा १ विकेट गुमाएको दक्षिण अफ्रिकाले बाँकी विकेट अन्तिम तथा पाँचौं दिनमा गुमाउन पुग्यो ।

दक्षिण अफ्रिकाका डेन पेडिटले ५६ रन बनाउँदा सेनुरन मथुसामीले ४९ रन बनाएका थिए । एडेन माकरमले ३९ रन बनाउँदा कागिसो राबडाले १८ रन जोड्नु बाहेक अरुको प्रदर्शन सम्झन लायक भएन । भारतका मोहम्मद सामीले ५ तथा रविन्द्र जडेजाले ४ विकेट लिँदा रविचन्द्र आश्विनले एक विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest