करणकाे ४ विकेटमा नेपालले पायाे १२६ रनकाे लक्ष्य

ओमानमा जारी पाँच देश सम्मिलित टी २० क्रिकेट सिरीजमा नेपालले हङकङबाट एक सय २६ रनको लक्ष्य पाएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ टिमले २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनायो । नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्न सफल भए । उनले हङकङका चार विकेट लिए ।

मध्यम सुरुवात गरेको हङकङका लागि वकास बारकातले सर्वाधिक ३७ रन बनाए । यस्तै कप्तान किन्चित शाहले ३१ रनको योगदान गरे । निजाकत खानले २३ रन बनाउँदा असान अब्बासीले १३ रन थपे ।

३६ रनमा पहिलो विकेटे गुमाएको हङकङ टिमले ४१ मा तीन विकेट खेर फाल्यो । तर त्यसपछि किन्चित शाहले वकाससँग मिलेर अर्धसतकीय साझेदारी गर्दा उसको पारी सम्हालिएको थियो । उनीहरुको साझेदारीलाई अभिनाश बोहोराले ब्रेक गरे । कप्तान शाहलाई ३१ रनमा रनआउट गरेपछि उनीहरुको साझेदारी तोडिएको थियो । नेपालका लागि उत्कृष्ट बलिङ गरेका करणले चार ओभरमा ३६ रन दिएर चार विकेट हात पारे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest