टेष्ट च्याम्पियनसिपकाे शिर्ष स्थानमा भारत

आईसीसी टेस्ट च्याम्पियनसिप अगस्ट १ तारिखदेखि शुरु भएकाे हो । टेस्ट च्याम्पियनसिपमा ९ टिमले प्रतिस्पर्धा गरेका छन् । त्यसमा पाकिस्तानले अहिलेसम्म कुनै सिरिज खेलेको छैन् ।

९ टिमले २०२१ सम्म ६ वटा टेस्ट सिरिज खेल्ने छन् र त्यसका शीर्ष स्थानमा रहने टीमले उपाधि भिडन्त गर्ने छन् । सवै टिमले तीनवटा सिरिज आफ्नै देशमा र तीन वटा सिरिज विदेशमा खेल्नु पर्ने छ ।

शीर्ष २ मा अटाउने टिमले २०२१ को जुनमा लर्डसमा फाइनल हुने 

अहिलेसम्म अस्ट्रेलिया र इंग्ल्याण्डले पाँच पाँच टेस्ट खेल्दा भारतले ३ तथा श्रीलंका, न्यूजिल्याण्ड र वेस्टइण्डिजले दुई दुई टेस्ट खेलेका छन् । भारतले ३ खेलमा तीन वटैमा जीत हात पार्दै अहिलेसम्म १६० अंक जोडेको छ । भारत तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा न्यूजिल्याण्डले ६० अंक जोडेको छ । २ खेल मध्ये न्यूजिल्याण्डले १ मा जीत र १ मा हार व्यहोरोको हो ।

तेस्रो स्थनमा श्रीलंका रहेको छ । उसको पनि ६० अंक हुँदा १ मा हार र १ मा जीत निकालेको हो । चौथो स्थानमा अस्ट्रेलिया रहेको छ । अस्ट्रेलियाले ५ खेल खेल्दा २ मा जीत २ मा हार र १ मा ड्र गर्दै ५६ अंक मात्रै जोडेको छ ।

पाँचौं स्थानमा रहेको इंग्ल्याण्डको नतिजा पनि अस्ट्रेलियाको जस्तै छ । छैटौं, सातौं स्थानमा रहेका टिमले अंक नै जोड्न सकेका छैनन् भने पाकिस्तान र वंगलादेशले प्रतियोगिता नै शुरु गरेका छैनन् । दक्षिण अफ्रिकाले पहिलो खेल नै हार व्यहोरे पछि अंक जोड्न असफल रह्यो । सातौं स्थानमा रहेको वेस्टइण्डिजले दुवै खेल हारेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest