नेपाल टस हारेर बलिङमा, इशान र जाेरा टिममा

पाँच देश सम्मिलित टी २० क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज टेष्ट मान्यता टिम आयरल्याण्डसँग खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्ने भएकाे छ । आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने भएकाे छ ।

ओमान स्थित ओमान क्रिकेट एकेडेमीको टर्फ मैदानमा हुने खेलमा नेपालको टिममा दुई जना खेलाडी परिवर्तन गरिएको छ । जसमा सन्दिप जोरा र इशान पाण्डे टिममा आएका छन भने रोहित पौडेल र पवन सराफलाई आराम दिइएको छ ।

सुरुवाती दुई खेलमा जित निकालेको नेपाली टिम आज आयरल्याण्डलाई हराएका ऐतिहासिक जित हुनेछ । नेपालले पहिलो खेलमा हङकङलाई हराएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पाखा लगाएको थियो ।

यता आयरल्याण्ड पहिलो खेलमा ओमानसँग हारेको थियो भने दोस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

नेपाली टिमको प्लेइङ सेट
आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, अभिनाश बोहोरा, सन्दिप जोरा, करण केसी, पारस खड्का, सन्दिप लामिछाने, इशान पाण्डे, ललित राजवंशी, सोमपाल कामी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest