ओमानमा जारी पाँच देश सहभागी टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ ।
आजको प्लेयिङ सेटमा सुशन भारीले स्थान बनाएका छन् ।
उनले ललितनारायण राजवंशीलाई रिप्लेस गरेका हुन् । आज नेपालले पहिला ब्याटिङ गर्ने भएकाे छ । ओमानले टस जितेर पहिला बलिङ राेजेकाे छ ।
नेपाली टिमको प्लेइङ सेट
आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, अभिनाश बोहोरा, सन्दिप जोरा, करण केसी, पारस खड्का, सन्दिप लामिछाने, इशान पाण्डे, सुशन भारी, सोमपाल कामी
Discussion about this post