ओमान विरुद्द नेपालकाे खराव ब्याटिङ, मात्र ६४ रनमा समेटियाे

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको अन्तिम खेलमा नेपालले ओमानलाई ६५ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ११ ओभरमा मात्र ६४ रनमा अलआउट भयाे । निकै खराव सुरुवात गरेको नेपालल दुई रनमा पहिलो विकेट गुमायो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा आरिफ शेखले सर्वाधिक २० रन बनाए । नेपालका ओपनर इशान पाण्डे मात्र दुई रनमा आउट भएका छन । जसका कारण नेपालले दुई रनमा पहिलो विकेट खेर फाल्यो ।

त्यसपछि नेपालको स्कोर २६ रन हुँदा कप्तान पारस खड्का पनि आउट भए । उनी ५ रनमा पेभेलियन फर्किए । लगत्तै क्रिजमा गएका दिपेन्द्र सिंह ऐरीपनि रनआउट भएपछि नेपालले ३६ रनमा तेस्रो विकेट गुमायो । दिपेन्द्र र आरिफ शेख विच तालमेल मिल्न नसक्दा दिपेन्द्र १० रनमा आउट भए ।

त्यसको लगत्तै विनोद भण्डारीपनि चार रनमा बोल्ड भएपछि नेपालले ४१ रनमा चौथो विकेट गुमायो । नेपालको विकेट झर्नेक्रम यतिमा रोकिएन । स्कोरबोर्डमा ४२ रन हुँदा सन्दिप जोरा खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि छैटौ विकेटका रुपमा आरिफ शेख २० रनमा आउट हुँदा स्कोरबोर्डमा नेपालको स्कोर ४६ रन थियो । सातौ विकेटका रुपमा करण केसी र सोमपाल कामी केहि टिक्ने प्रयास गरेका थिए । तर करण ८ रनमा आउट भएपछि नेपालले ५७ रनमा सातौ विकेट गुमायो ।

लगातार विकेट गुमाएको नेपालका सन्दिप लामिछाने दुई रनमा आउट भए भने सोमपाल कामी आठ रनमा पेभेलियन फर्किए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest