आइसीसीको नयाँ बरियतामा नेपालका यी खेलाडी परे

नेपालमा युवा लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक आईसीसीको टी-ट्वान्टी क्रिकेटको वरियतामा अटाएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरियतामा सन्दीपसँगै करण केसी र अविनाश बोहरा पनि पहिलोपटक अटाएका छन् ।

आईसीसीले अपडेट गरेको नयाँ वरियताको बलिङतर्फ सन्दीप ६४ औं स्थानमा रहेका छन् । सन्दीपले ४२२ रेटिङ अंक पाएका छन् । नेपाली बलरहरुमा सन्दीप शीर्ष स्थानमा छन् ।

यस्तै ३७७ रेटिङ अंक पाएका करण ८३ औं स्थानमा रहेका छन् । ३५२ रेटिङ अंक पाएका अविनाश १०० औं स्थानमा छन् ।

यसअघि नेपालका कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी पर्दै आएका थिए ।

बलिङतर्फ सोमपाल ४०८ रेटिङ अंकसहित ६८ औं स्थानमा छन् । ३८६ रेटिङ अंक पाएका बसन्त ९० औं स्थानमा झरेका छन् ।

टी-ट्वान्टीको अलराउण्डर वरियतातर्फ कप्तान पारस २४ औं स्थानमा उक्लिएका छन् । कप्तान पारसले १०८ रेटिङ अंक पाएका छन् । कप्तान पारसको सर्वाधिक उच्च वरियता भने २५ रहेको छ ।

तर, कप्तान पारस अलराउण्डरमा वेष्ट इण्डिजका क्रिस गेल, आन्द्रे रसेल, भारतका सुरेश रैना, हार्दिक पाण्डाय, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest