महिलाकाे नयाँ बरीयतामा नेपाल एक स्थान माथि

अन्तराष्ट्रिय क्रिकेट परिषदको नयाँ बरीयतामा नेपाल एक स्थान माथि उक्लिएकाे छ ।

आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टी वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा पुगेकाे छ । पपुवा न्युगिनीलाई पछि पार्दै नेपाल १५ औं स्थानबाट माथि उक्लिएकाे हाे ।

नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गत वर्षको फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन ।

एसोसियट राष्ट्रहरूमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड र स्कटल्याण्ड रहेका छन् ।

महिलाको टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा न्युजिल्याण्ड यथावत रहेका छन् । खेलाडीको वरियतामा नेपालकी सिता राना मगर र नेरी थापा अटाएकी छिन् ।

नेपालकी उपकप्तान सिता अलराउण्डरतर्फ ५८ औं स्थानमा रहेकी छिन् । ब्याटिङतर्फ सिता ८३ औं स्थान रहेकी छिन् । बलिङतर्फ नेरी थापा ९२ औं स्थानमा रहेकी छिन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest