भारतकाे घरेलु भूमीमा लगातार ११ टेष्ट सिरीज जित्ने कीर्तिमान

दक्षिण अफ्रिका बिरुद्धको टेष्ट सिरीज भारतले जितेको छ । घरेलु भूमीमा लगातार ११ टेष्ट सिरीज जित्ने कीर्तिमान बनाएको भारतले दोस्रो खेलमा दक्षिण अफ्रिकालाई एक इनिङ र एक सय ३७ रनले हरायो ।

पुनेमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो पारीमा ६०१ रनमा पाँच विकेट गुमाउदै घोषणा गरेको थियो । भारतका लागि कप्तान विराट कोहलीले दोहोरो शतक बनाए भने मयांक अग्रवालले सतक बनाए । कोहलीले दुई सय ५४ रनको पारी खेल्दा अग्रवालले १०८ रन बनाए । यस्तै रविन्द्र जडेजाले ९१ तथा अजिन्क्या राहाणेले ५९ रनको योगदान गरे ।

जवाफमा दक्षिण अफ्रिका पहिलो पारीमा मात्र दुई सय ७५ रनमा अलआउट हुँदा फलोअनमा परेको थियो । जसका कारण दोस्रो पारी सुरु गरेको दक्षिण अफ्रिका मात्र एक सय ८९ रनमा अलआउट भयो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

जसमा डीयन एल्गारले ४८ रन बनाउँदा तेम्बा बाभुमाले ३८ रनको योगदान गरे । उसलाई कम स्कोरमा रोक्न रविन्द्र जडेजा र उमेश यादवले तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest