बीसीसीआईकाे अध्यक्षकाे लाइनमा गांगुली

पूर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अध्यक्ष बन्ने भएका छन् । सोमबार गांगुलीले बीसीसीआईको अध्यक्ष पदका लागि उम्मेद्वारी दिनेछन् ।

बीसीसीआईको अध्यक्षका लागि चुनावी प्रक्रिया अन्तर्गत उम्मेद्वारीको समयसीमा सोमबारसम्म छ । यसबीचमा अध्यक्षका लागि अन्य उम्मेद्वारीको सम्भावना नरहेका कारण गांगुली निर्विरोध निर्वाचित हुने भएका हुने ।

गुजरात क्रिकेट एसोसियसनका अध्यक्ष जय साह बीसीसीआईको सचिव बन्ने स्थितिमा छन् । उनी भारतीय गृहमन्त्री अमित साहका छोरा हुन् ।

सोमबार बीसीसीआईको अध्यक्ष र महासचिवसहित पाँच पदका लागि उम्मेद्वारी दर्ता गर्ने अन्तिम दिन हो । बीसीसीआईको नयाँ कार्यसमिति निर्वाचन अक्टोबर २३ का लागि तय भएको छ ।

यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल)को अध्यक्ष पदमा भारतका पूर्व ब्याट्सम्यान तथा अनुभवी प्रशासक बृजेश पटेल नियुक्त हुने सम्भावना छ । उनले कर्नाटका क्रिकेट संघ र बीसीसीआईको बिभिन्न पदमा रहेर काम गरिसकेका छन् ।

सामचारहरुमा दावी गरिएअनुसार बीसीसीआईका पूर्व अध्यक्ष अनुराग ठाकुरका भाइ अरुण सिंह धुमललाई कोषाध्यक्ष र केरल क्रिकेट संघका अध्यक्ष जयेश जर्जलाई संयुक्त सचिवका लागि तयार गरिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest