स्टिभ स्मिथ शीर्ष स्थानमा यथावत

स्टिभ स्मिथ टेष्ट क्रिकेटको नयाँ बरियतामा शीर्ष स्थानमा यथावत रहेका छन ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अष्ट्रेलियाका ब्याट्सम्यान स्मिथ शीर्ष स्थानमा कायम रहेका हुन् ।

यस्तै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली दोस्रो स्थानमा यथावत छन् भने न्युजिल्याण्डका केन विलियम्सन तेस्रो, भारतका चेतेश्वर पुजारा चौंथो र न्युजिल्याण्डका हेनरी निकोल्स पाँचौं स्थानमा छन् ।

नयाँ वरीयता अनुसार इंग्ल्याण्डका जोय रुट छैटौं, न्युजिल्याण्डका टम लाथम सातौं, श्रीलंकाका दिमुथ करुणारत्ने आठौं, भारतका अजिन्का रहने नवौं र दक्षिण अफ्रिकाका क्विनटन डी कक दशौँ स्थानमा छन् ।

बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष, दक्षिण अफ्रिकाका कागीसो राबडा दोस्रो र भारतका जस्प्रित बुम्राह तेस्रो स्थानमा छन् । वेष्ट इण्डिजका जासन होल्डर चौंथो र इंग्ल्याण्डका जेम्स एण्डरसन् पाँचौं स्थानमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest