ललितपुर फाल्कोन्सले टिमकाे जर्सी र खेलाडी सार्वजनिक

वुमेन च्याम्पियन्स लिगमा सहभागिता जनाउने तयारीमा रहेकाे ललितपुर फाल्कोन्सले टिमकाे जर्सी तथा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी सार्वजनिक गरेको छ ।

सोमबार टिमले जर्सी, ट्यालेन्ट हन्टबाट छानिएका २ खेलाडी सार्वजनिक गरेको हो । जसमा ट्यालेन्ट हन्टबाट आरती उपाध्याय र मनिषा चौधरी छनोट भएका छन ।

ललितपुरकाे टिम मालिक श्रृजना जोशी हुन भने प्रशिक्षक राजु बस्नेत र मार्की खेलाडी तथा कप्तान नेरी थापा रहेका छन।  तीनै जनाले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । यस्ताे कार्यक्रममा टिमकाे मुख्य प्रायोजकका रूपमा साल्ट ट्रेडिङ कर्पोरेसन स्पोर्ट्सले साथ दिएकाे छ ।

टिमको सह–प्रायोजकमा कृषि विकास बैंक, एसोसियट पार्टनरमा एजुकेसन पार्क र भाएनेट, मेडिकल पार्टनर स्टार हस्पिटल, रणनीतिक पार्टनर ईन्डिया सप रहेका छन् ।

डब्लुसिएल असोज २९ देखि कार्तिक ७ गते सम्म कीर्तिपुरस्तिथ त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रतियाेगितामा ललितपुर फाल्कोन्ससँगै पोखरा पल्टन, किट क्याट काठमाडौं, चितवन राइनोज र विराटनगर टाइटन्स रहेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest