डब्लुसिएलको विजेताले सात लाख रुपैयाँ पाउने

काठमाडौंमा आयोजना हुने उमन्स च्याम्पियन्स लिग डब्लुसिएलको विजेताले सात लाख रुपैयाँ पाउने भएको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा असोज २९ गतेबाट सुरु हुने प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले तीन लाख रुपैयाँ पाउने बताइएको छ ।

यस्तै ब्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीले ५० हजार र एक थान टिभिएस स्कुटर पाउनेछन । यस्तै बेष्ट बलर र बेष्ट ब्याटरले २५–२५ हजार रुपैयाँ तथा ओमन अफ दि म्याचले पाँच हजार रुपैयाँ हात पार्ने छन ।

कार्तिक सात गतेसम्म चल्ने प्रतियोगिताको खेल तालिका सार्वजनिक भइसकेको छ भने मार्की खेलाडी र टिमहरुको निधो यसअघि नै गरिसकेको छ । यसैविच मंगलबार पाँच वटै टिमका मार्की खेलाडीले प्रतियोगिताको ट्रफि सार्वजनिक गर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest