काठमाडौं – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद बाट राजिनामा दिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपालकाे निलम्बन फुकुवाकाे प्रक्रिया अगाडी बढाएकाे दाेस्राे दिन नै कप्तान पारसले कप्तानी छाेडेकाे बताएका छन । यो सँगै नेपाली क्रिकेटका सफल कप्तान पारसकाे निर्णयले सम्पूर्ण क्रिकेट जगत नै चकित परेकाे छ ।
Great to know that the suspension of Nepal cricket has been lifted and would like to wish the new committee to work for the betterment of Nepal cricket,players and its stake holders.
I have hereby decided to resign from my post as the captain of Nepal cricket team.
Jai Nepal !! pic.twitter.com/YuRBZkR7bU— Paras Khadka (@paras77) October 15, 2019
सन् २००९ देखी राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारस विनोद दासपछि नेपाली टिमकाे नेतृत्व गर्दे आएका थिए ।
उनले पहिलाेपटक एसीसी टी-२० एलिट कपमा मलेसियाविरुद्ध पहिलो खेल कप्तानी गरेका थिए । पारसको कप्तानीमा नेपालले डिभिजन ५ देखी २ सम्मको उपाधि जितेको छ । त्यस्तै पारसले सन् २०१४ मा नेपाललाई पहिलो पटक टि ट्वान्टी विश्वकप खेलाएका थिए ।
https://twitter.com/HomeOfCricket/status/1184061736556605442
पारसले आफ्नो कप्तानीमा नेपाललाई वान डे मान्यता, पहिलो वान डे सिरिज र टि ट्वान्टी सिरिज जिताएका थिए । पारस नेपालबाट वान डे र टि ट्वान्टी दुबैमा शतक प्रहार गर्ने एक्लो र पहिलो खेलाडी समेत हुन् ।
Discussion about this post