क्याट क्विन्स काठमाडौंले चितवन राइनोजलाई ९३ रनको लक्ष्य

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा पहिलो पटक सुरु भएको उमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) को उद्घाटन खेलमा क्याट क्विन्स काठमाडौंले चितवन राइनोज उमनलाई ९३ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्याट क्विन्सले २० ९२ रनमा अलआउट भयो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सकीन । जसमा रश्मी चौलागाईले ३४ रन बनाउँदा सरस्वती कुमारीले रनको योगदान गरिन ।

बलियो सुरुवात गरेको क्याट क्विन्सको मध्यक्रमका खेलाडी एकपछि अर्को विकेट गुमाउँदा कम स्कोरमा रोकियो । उसले ४० रनमा पहिलो विकेट गुमाउँदा ५८ रनमा पाँच विकेट खेर फालेको थियो । त्यसपछि पनि उसले स्कोरबोर्डमा ८८ रन बनाउँदा सात किवेट खेर फाल्यो ।

बलिङमा चितवन राईनोज उमन्सका लागि रेशा रावल र कबिता गौतमले दुई दुई विकेट हात पारिन भने रित कनौजीयाले एक विकेट लिइन भने सन्तोषी चौधरीले तीन विकेट प्राप्त गरिन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest