वमन्स च्याम्पियन्स लिगमा चितवन ५ विकेटले विजयी

वमन्स च्याम्पियन्स लिग क्रिकेटको पहिलो संस्करणमा चितवन राइनोज वमनले जितका साथ प्रतियोगिता सुरु गरेको छ । बुधबार भएको उद्घाटन खेलमा चितवनले क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले हराइन ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको क्याट क्विन्सले २० ९२ रनमा अलआउट भयो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सकीन । जसमा रश्मी चौलागाईले ३४ रन बनाउँदा सरस्वती कुमारीले रनको योगदान गरिन ।

बलियो सुरुवात गरेको क्याट क्विन्सको मध्यक्रमका खेलाडी एकपछि अर्को विकेट गुमाउँदा कम स्कोरमा रोकियो । उसले ४० रनमा पहिलो विकेट गुमाउँदा ५८ रनमा पाँच विकेट खेर फालेको थियो । त्यसपछि पनि उसले स्कोरबोर्डमा ८८ रन बनाउँदा सात किवेट खेर फाल्यो ।

बलिङमा चितवन राईनोज उमन्सका लागि रेशा रावल र कबिता गौतमले दुई दुई विकेट हात पारिन भने रित कनौजीयाले एक विकेट लिइन भने सन्तोषी चौधरीले तीन विकेट प्राप्त गरिन ।

जवाफमा चितवनले १८ ओभर तीन बलमा पाँच विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको चितवनले ११ रनमा पहिलो विकेट गुमायो भने १७ रनमा दोस्रो तथा २८ रनमा तेस्रो विकेट खेर फाल्यो । चौथो विकेटका लागि सुमन खतिवडा र रितु कनोजीया विच ४७ रनको साझेदारी गरेपछि चितवनको पारी सम्हालिएको थियो ।

चितवनका लागि काजल श्रेष्ठले ११ रन बनाइन भने कञ्चन श्रेष्ठले ६ तथा रितु कनोजीयाले १४ रनको योगदान गरिन । यस्तै कप्तान इन्दु बर्मा एक रनमा पेभेलियन फर्किदा सुमनले सर्वाधिक २९ रन बनाइन । ७८ रनमा पाँच विकेट गुमाएको थियो । अन्तिममा प्यारी चौधरीले अविजीत २४ रन बनाउँदा चितवनले सहज जित हात पार्यो । रुवीना क्षेत्रीको ओभरमा दुई चोका प्रहार गर्दै जित दिलाइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest