वमन्स च्याम्पियन्स लिगमा काठमाडाैंकाे पहिलाे जित

वमन्स च्याम्पियन्स लिगमा क्याट क्विन्सले पहिलो जित निकालेको छ । प्रतियोगिताको पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले हारेको क्याट क्विन्स काठमाडौंल आज पोखरा पल्टनलाई ८२ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्याट क्विन्सले कप्तान रुवीना क्षेत्रीले अर्धशतकमा २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५२ रन बनायो । बलियो लक्ष्य दिने क्रममा उसका लागि कप्तान रुवीनाले फ्रेन्चाइजी लिगमा पहिलो अर्धसतक बनाइन । जसमा उनले ६७ बलमा १४ चौका र दुई छक्काको मद्दतमा ८३ रन बनाइन ।

यस्तै रोमा थापाले १९ तथा इश्वरी विष्टले १० रन जोडीन । यस्तै शोभा आलले १२ रन थपिन । बलिङमा पोखराका लागि अनुराधा चौधरीले चार विकेट लिइन ।

जवाफमा पोखरा १६ ओभर एक बलमा मात्र ७० रनमा अलआउट भयो । सुरुवात राम्रो गरेपनि उसका मध्येक्रमका खेलाडीले राम्रो खेल्न सकेनन् । ३१ रनमा पहिलो विकेट गुमाएको पोखराले ५६ रन बनाउँदा आठ विकेट खेर फालेको थियो । उसका लागि कप्तान सिता रानामगरले १७ तथा विन्दु रावलले १० रन बनाउँदा अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । उसका पाँच खेलाडी रनआउट भएका थिए ।
प्रतियोगितामा क्याट क्विन्सले दुई खेलमा दुई अंक बनाएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest