पोखराले विराटनगरलाई ९५ रनको लक्ष्य

वुमन्स च्याम्पिन्स लिग क्रिकेटमा पोखरा पल्टनले विराटनगर टाईटन्सलाई ९५ रनको सामान्य लक्ष्य दिएकाे छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर ९४ रन बनायो । पोखराका लागि कविता कुवरले सर्वाधिक २२ रन बनाइने भने कप्तान सिता राना मगरले १६, अन्जली चन्दले १५ तथा रेवती धामीले १२ रन बनाईन् । यस्तै सरस्वती मगर १० रनमा अविजित रहिन् ।

विराटनगरकी सबनम राईले २ विकेट लिईन् । सोनु खड्काले १ विकेट लिईन् । पहिलो खेलमा विराटनगरले ललितपुर फाल्कोन्सलाई ४ विकेटले हराएको थियो भने पाेखरा क्वाट क्विन्स काठमाडौंसँग ८२ रनले पराजित भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest