युएईमा आजबाट ग्लोबल छनोट प्रतियोगिता सुरु

टी-ट्वान्टी विश्वकप क्रिकेट छनाेट अन्तर्गत युएईमा आजबाट ग्लोबल छनोट प्रतियोगिता सुरु भएकाे छ ।

युएईको दुबई र आबुदाबीमा हुने प्रतियाेगितामा १४ राष्ट्रको सहभागिता रहेको छ । छनोटबाट ६ टिमले विश्वकपमा स्थान बनाउने छन् । अर्को वर्ष अष्ट्रेलियामा हुने विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

राउण्ड रोबिनको आधारमा आयोजना हुने छनोटमा स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी, सिंगापुर, नामिबिया, केन्या, बर्मुडा, युएई, आयरल्याण्ड, ओमान, हङकङ,क्यानडा, जर्सी र नाइजेरिया रहेका छन् ।

नेपाल भने यस पटक ग्लोबल छनोटमा पुग्न सकेन् । सिंगापुरमा भएको एसिया फाईनल्समा नेपाल सिंगापुरसँग पराजित भएपछि विश्वकप छनाेट खेल्ने सपना अधुराे बनेकाे थियाे ।

पहिलो खेलमा स्कटल्याण्ड र सिंगापुर भिड्दा दोस्रो खेलमा हङकङ र आयरल्याण्ड खेल्नेछ । तेस्रो खेलमा केन्या र नेदरल्याण्ड तथा चौंथोमा युएई र ओमानले खेल्ने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest