सरफराज बर्खास्त

पाकिस्तानको टेस्ट र टी २० क्रिके टिमको कप्तानबाट सरफराज अहमदलाई बर्खास्त गरिएको छ । नोभेम्बर –डीसेम्बरमा हुने अस्ट्रेलियाको सिरिजका लागि दुवै फरम्याटबाट उनलाई हटाइएको हो ।

हालै श्रीलंकाविरुद्धको टी–२० सिरिज ३–० ले पराजित भएपछि पाकिस्तानी टिमका कप्तान अहमदको चर्को आलोचना भएको थियो । अहमदको ठाउँमा पाकिस्तानले टेस्ट र टी २० दुई फरम्याटका लागि दुई जना कप्तान नियुक्त गरेको छ ।

टेस्ट टिमको कप्तानी अजहर अली र अब बाबर आजमले टी २० को कप्तानी गर्नेछन् । अजहरलाई २०१९–२० विको टेस्ट च्याम्प्यिनसिपसम्म र बाबरलाई अर्कोबर्ष अस्ट्रेलियामा हुने टी २० विश्वकपसम्म कप्तानी तोकिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest