सिंगापुरकाे स्कटल्याण्डमाथि २ रनकाे राेमाञ्चक जित

सिंगापुरले यूएईमा आजदेखी सुरु भएको आईसीसी टि-२० विश्वकप छनोटमा स्कटल्यान्डमाथि २ रनको रोमाञ्चक जित हात पारेकाे छ ।

आइसीसी क्रिकेट एकेडेमी मैदानमा टस हारेर ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो ।

सिंगापुरको लागि ओपनर सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ५१ रनको योगदान दिए । अरित्रा दत्तले ३२,मनप्रित सिंह २६ र जनक प्रकाशले २० रनको योगदान दिए ।

१ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६६ रनमा राेकियाे ।  स्कटल्यान्डलाई जितका लागि अन्तिम ६ बलमा ८ रन चाहिएको थियो । तर अन्तिम ओभरमा ३ विकेट गुमाउँदै ५ रन मात्रै जोडेपछि हार्न पुग्याे ।

स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्शेले ४६ रन बनाए भने कप्तान काइल कोट्जर ३८,कलुम म्याकलेड ४४, टिम सोेले ११ रन जोडे ।

सिंगापुरको लागि विजय कुमारले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । सिद्धान्त सिंह र अमजद महबुबको नाममा समान २ विकेट रह्यो ।

स्कटल्यान्डका लागि जोश डेभी र सफ्यान शरीफको नाममा समान २ विकेट रह्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest