विश्व क्रिकेटको सबै भन्दा पुरानो क्रिकेट क्लव मेरिलेबोनले नोभेम्बरको पहिलो साता नेपाल भ्रमणमा आउने भएको छ ।
नेपाल र इंग्ल्याण्डको मित्रताको बर्षगाँठ पुगेको अवसर पारेर एमसीसीले नेपालमा मैत्रीपुर्ण खेल खेल्नका लागि आउने भएको हो ।
मसीसीले नोभेम्बर २ देखि १२ तारिखसम्म नेपालको टुर गर्नेछ । जसक्रममा उसले काठमाडौं र पोखरामा मैत्रीपुर्ण क्रिकेट खेल खेल्नेछ ।
करिव एक बर्षमा एमसीसी र नेपाल विच मैत्रीपुर्ण खेल हुने लागेको हो । यसअघि नेपालले लर्डस मैदानमा एमसीसीसँग त्रिकोणात्मक सिरीज खेलेको थियो । एमसीसीले नेपालमा सिनियर टिमसँग तीन दिवसियका साथै टी २० र एकदिवसिय खेल खेल्नेछ ।
Discussion about this post