चितवन प्लेअफमा पुग्दा पाेखरा प्रतियाेगिताबाट बाहिर

महिला च्याम्पियन्स लिग टि–२० क्रिकेटमा पोखरा पल्टन महिला टिम पराजित भएको छ । चितवन राहिजोज महिला टिमसँग सात विकेटले पराजित भएपछि पोखराको प्लेअफमा पुगेको छ । कीर्तिपुर मैदानमा पोखराले दिएको १२८ रनको लक्ष्य चितवनले १८.१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो् ।

चितवनको जितमा काजोल श्रेष्ठले ५१ रनको योगदान दिइन् ।पहिलो विकेटका लागि काजोल श्रेष्ठ र कञ्चन श्रेष्ठले ७१ रनको साझेदारी गरे । कञ्चनले २९ रन बनाइन् । त्यस्तै इन्दु बर्माले २४ रन जोडिन् । बलिङतर्फ अञ्जली चन्दले दुई विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पोखराले २० ओभरमा पाँच विकेट गुमाउँदै १२७ रन बनाएको थियो । पोखरका लागि कप्तान सिता रानामगरले अर्धशतक सहित सर्वाधिक ६५ रन बनाएकी थिइन् । १७ रन बनाउँदा २ विकेट गुमाएको पोखराका लागि कप्तान सिता रानामगर र सिला क्षेत्री केही उकास्ने प्रयास गरेका थिए ।

पोखराको स्कोर १३ रन हुँदा रेवती धामी रन आउट भएकी थिइन् । उनले १३ बल फेस गर्दै ४ रन जोडिन् । यस्तै स्कोर १७ रन पुग्दा रुवी पोद्दार १ रन बनाएर पेभेलियन फर्किइन् । पोखराले तेस्रो विकेट ५० रन हुँदा गुमाएको थियो । सिला क्षेत्री ३ रन बनाएर रन आउट भइन् । त्यसपछि कविता कुँवर पनि १५ रन बनाएर आउट हुँदा नेपालको स्कोर ४ विकेट गुमाएर ७१ रन बनेको थियो । ओपनिङ आएकी सिताले एउटा इनबाट ब्याटिङ सम्हाले पनि अर्को इनबाट लगातार विकेट भने पतन भइरहेको छ ।

१५.१ ओभरमा अन्जली चन्द पनि व्यक्तिगत चार रन जोडेर आउट भइन् । कप्तान सिताले ५१ बलमा अर्धशतक पुरा गरिन् । उनले अर्धशतक बनाउँदा ७ चौका प्रहार गरिन् । त्यसलगतै छक्का प्रहार गरिन् । समग्रमा सिताले नट आउट ६५ रनको योगदान गरिन् । अन्तिमसम्म मन्जु बोगटीले पनि आक्रामक सट खेल्दै २४ रन जोडिन् । उनले २ छक्का र २ चौका प्रहार गरिन् ।

चितवनका लागि ४ ओभर बलिङ गरेकी कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिइन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest