रोहित शर्माकाे नयाँ रेकर्ड

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा पनि भारतीय खेलाडी रोहित शर्माले नयाँ रेकर्ड बनाएका छन् । राँचीमा शुरु भएको टेस्टमा टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

एक दिवसीय क्रिकेटमा उत्कृष्ट लयमा रहेका रोहितले टेस्टमा पनि आफूलाई अब्बल सावित गरेका छन् । उनले शनिबार दक्षिण अफ्रिकाविरुद्ध ४ छक्का प्रहार गरेपछि एउटै टेस्ट सिरिजमा सर्वाधिक छक्का बनाउने रेकर्ड बनाएका हुन् । एक टेस्टमा १६ छक्काको कीर्तिमान रोहितको नाममा बनेको हो । यसअघि यो रेकर्ड वेस्टइण्डिजका शिमरन हटमायरको नाममा थियो ।

उनले बंगलादेशविरुद्धको सिरिजमा १५ छक्का लगाएका थिए । रोहित भन्दा पहिला टेस्टको एक सिरिजमा सर्वाधिक छक्का प्रहार गर्ने रेकर्ड भारतका हरभजन सिंहले बनाएका थिए । सिंहले न्यूजिल्याण्डविरुद्ध १४ छक्का प्रहार गरेका थिए ।

यस्तै रोहितले टेस्टमा छैटौं शतक पनि बनाएका छन् । उनले अहिलेसम्म जम्मै शतक भारतमा मात्रै बनाएका हुन् । रोहित अहिले ११७ रनमा नट आउट छन् भने अजिंका रहाणे ८३ रन बनाएर खेलिरहेका छन् । भारतका मायंक अग्रवाल १० रनमा आउट हुँदा चेतेश्वर पुजाराले खाता नै खोल्न सकेनन् । कप्तान विराट कोहली भने १२ रनमा आउट भएका थिए ।

दक्षिण अफ्रिकाका कागिसो राबडाले २ तथा एनरिच नोर्तेजले एक विकेट लिएका छन् । खराब प्रकाशका कारण खेल रुकेको छ । लगातार २ टेस्ट जित्दै सिरिज जीतिसकेको भारत क्लीन स्वीप गर्ने दाउँमा छ भने दक्षिण अफ्रिका यो म्याच जित्दै क्लिनस्वीप हुनबाट जोगिने प्रयासमा छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest