क्यानकाे बाेर्ड बैठक बस्दै

नवनिर्वाचित नेपाल क्रिकेट संघको कार्यसमितीको पहिलो बोर्ड बैठक आज मुलपानीमा बस्दैछ ।

संघको कार्यालयमा बस्न लागेको बोर्ड बैठक दिउसो १२ बजेबाट सुरु हुने बताइएको छ । आइसीसीले असोज २६ गते क्यानको निलम्बन सशर्त फुकुवा गर्ने बताएपछि पहिलो पटक बोर्ड बैठक बस्न लागेको हो ।

बैठकमा कप्तान पारस खड्काको राजिनामाका साथै अब चाँडो भन्दा चाँडो कसरी क्यानको निलम्बन फुकुवा गर्ने विषयमा छलफल हुने बताइएको छ ।

यसका साथै जिल्ला प्रदेश र केन्द्रको प्रशासनिक संरचना कसरी बनाउने भन्ने विषयमा पनि सामान्य छलफल हुनेछ । नयाँ कार्यसमिती आएपछि प्रदेश, केन्द्रको प्रशासन चलाउनका लागि तीन वटा मुख्य पोष्टमा ब्यक्ति चयन गर्नुपर्नेछ ।

यसका साथै बैठकमा आगामी दिनमा कसरी अगाडी बढ्ने भनेर कार्ययोजनाका विषयमा पनि सामान्य छलफल हुने र नोभेम्बरको पहिलो साता नेपाल आउने आइसीसीका प्रतिनिधीसँगको छलफलका विषयमा पनि कुरा हुनेछ ।

असोज १० र ११ गते आइसीसीकै रोबरोहमा भएको क्यानको निर्वाचनबाट नयाँ कार्यसमिती चयन भएको थियो । जसमा यसअघि निलम्बनमा परेकै ब्यक्तिहरु यसपटक क्यानमा आएका छन ।

निस्पक्ष रुपमा क्यानको निर्वाचन भएकाले परिषद् र आइसीसीले क्यानको निर्वाचनलाई मान्यता दिइसकेको छ । अब आइसीसीले राखेका सर्तहरुलाई कसरी पुरा गरेर नयाँ ढंगले क्यानलाई चलाउने भन्ने मुख्य एजेण्डा रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest