ललितपुर फाल्कोन्सले क्याट क्विन्स काठमाडौंलाई मात्र एक सय ६ रनको लक्ष्य

वुमन्स च्याम्पियन्स लिग अन्तर्गत ललितपुर फाल्कोन्सले क्याट क्विन्स काठमाडौंलाई मात्र एक सय ६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय पाँच रन बनायो । उसका चार खेलाडीलेमात्र दोहोरो अंक जोड्न सके । जसमा रोशनी बोहोराले सर्वाधिक २९रन बनाउँदा कप्तान नेरी थापाले २२ तथा ममता चौधरीले १५ रन बनाइन ।

यस्तै गिता गोसाईले १३ रन थपिन ।

२४ रनमा पहिलो विकेट गुमाएको ललितपुरले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न नसक्दा ९७ रनमा पाँच विकेट खेर फाल्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest