क्याट क्विन्स वुमन्स च्याम्पियन्स लिगकाे प्ले अफमा

वुमन्स च्याम्पियन्स लिग अन्तर्गत क्याट क्विन्स काठमाडौंले तेस्रो जित निकालेको छ । आज भएको खेलमा क्याट क्विन्सले ललितपुर फाल्कोन्सलाई आठ विकेटले हरायो ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय पाँच रन बनायो । उसका चार खेलाडीलेमात्र दोहोरो अंक जोड्न सके । जसमा रोशनी बोहोराले सर्वाधिक २९रन बनाउँदा कप्तान नेरी थापाले २२ तथा ममता चौधरीले १५ रन बनाइन । यस्तै गिता गोसाईले १३ रन थपिन ।

२४ रनमा पहिलो विकेट गुमाएको ललितपुरले ४४ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न नसक्दा ९७ रनमा पाँच विकेट खेर फालेको थियो ।

जवाफमा क्याट क्विन्सले १७ ओभर दुई बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा रुवीना क्षेत्रीले अर्धसतक बनाइन । जारी प्रतियोगितामा दोस्रो अर्धसतक बनाएकी रुवीनाले ५२ बलमा नौ चौका र एक छक्काको मद्दतले ५९ रन बनाए । यस्तै रोमा थापाले १८ तथा रश्मी चौलागाईले ९ रनको योगदान गरिन ।

यो जितसँगै क्याट क्विन्सले चार खेलमा छ अंकका साथ प्लेअफको यात्रा पक्का गरेको छ भने ललितपुर प्रतियोगिताबाट बाहिरीएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest