क्यानकाे बाेर्ड बैठकले गरेका निर्णयहरू

नेपाल क्रिकेट संघको नयाँ नेतृत्व आए पछि बसेको पहिलो बोर्ड बैठकले ४ वटा समिति बनाएको छ ।

जसमा प्राविधिक, आर्थिक, प्रतियोगिता र मिडिया हेर्ने समितिको सम्योजक ताेकेको छ ।

प्राविधिक समितिको संयोजकमा संजय सिंह चयन भएका छन् भने प्रतियोगिता समितिका संयोजकमा प्रशान्त मल्ल, आर्थिक समितिको संयोजकमा क्यानका कोषाध्यक्ष रोषन सिंह र मिडिया संयोजकमा अशोकनाथ प्याकुरेल चयन भएका छन् ।

गत मंगलबार राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काको राजीनामाका विषयमा क्यानमा अनौपचारिक छलफल मात्र भएको बैठकमा सहभागी एकजना पदाधिकारीले बताए ।

यस्तै हाल नेपालमा भइरहेका फ्रेन्चाइज लिगलाई ब्यवस्थापन र समन्वय गर्ने काम प्रतियोगिता सम्योजक समितिले गर्ने भएको छ। मिडिया सँग को डिल सचिव असोकनाथ प्याकुरेलले गर्ने छन । साथै खेलाडी र प्रशिक्षकको सम्झौतामा पनि पुनर्विचार गरिने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest